माओवादी केन्द्र खराब हुँदै गएको छ : प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्र खराब हुँदै गएको छ : प्रचण्ड


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र खराब हुँदै गएको टिप्पणी गरेका छन् ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हुन् ।

उनले भने, ‘त्यो बेला सानो थियो, निष्ठावान् थियो । तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ । हामी क्रान्तिकारी छैनौँ । हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ । हामी स्वार्थ समूह बनाउने तिर लागेका छौँ । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ।’

उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताएका छन् ।

प्रचण्डले भने, ‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा बिचारमा, किताबमा दस्ताबेजमा छ । हाम्रो दैनिकी क्रान्तिकारी छैन । हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ ।’

उनले यो विषयलाई हल नगरे क्रान्तिकारी को औचित्य सकिने बताए । यति हुँदा पनि अन्य पार्टी भन्दा माओवादी नै उपयुक्त रहेको दाबी गरे ।

‘देशमा भएका अन्य पार्टी मध्ये माओवादी मात्रै सही बाटोमा छ । यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना छ,’ उनले भने ।

अर्को महाधिवेशन छिटै गरेर नयाँ क्रान्तिकारी बनाउन आवश्यक रहेको प्रचण्डले टिप्पणी गरे ।

निर्वाचनको तयारीको सन्दर्भमा वामपन्थीको बिचमा एकताको प्रयास भइरहेको समेत उनले बताए । पार्टी एकता संयोजन समिति बनाएर भएपनि वामपन्थी एकताको प्रयास भइरहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस