मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा २० जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा २० जनाको मृत्यु


२ भाद्र २०७९, बिहिबार


अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ ।

बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरू मृत्यु भएको आशङ्का गरिएको छ ।

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन । अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ ।

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो ।

विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस