जन नमुना माविका कागजात अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जन नमुना माविका कागजात अख्तियारको नियन्त्रणमा 


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन नमुना माविका कागजात नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूबाट नियम विपरीत चर्को रकम असुलेको भन्दै अख्तियारले विद्यालयका कागजात नियन्त्रणमा लिएको हो । 

कक्षा ११ का विद्यार्थीहरूबाट संविधान, उच्च अदालत सुर्खेतको परमादेश तथा अन्तरिम आदेश विपरीत विलसमेत नदिई रकम असुलेको भन्दै कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ । 

‘सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित श्री जन नमुना माविले मिति २०७९ साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण बिद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८ मङ्सिर १ गतेको परमादेश र मिति २०७८ जेठ २३ गतेको अन्तरिम आदेश विपरीत विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उक्त विद्यालयबाट बिना रसिद विभिन्न बिद्यार्थीहरुबाट लिइएको दुई लाख छयहत्तर हजार छ सय नब्बे रुपैयाँ असुल गरिसकेको अवस्थामा सो रकम र सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ ।’ विज्ञप्तिमा भनिएको छ । 

साथै नेपाल सरकारले निः शुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयहरूले समेत बिना रसिद विभिन्न नाममा विभिन्न कक्षाहरूमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरू समेतबाट छानबिन भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस