दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते 


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार र्घटनामा घाइते भएका चार जनाको उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्धार भइरहेको छ ।

उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो ।

घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरू खटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस