हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड-१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले कोभिड-१९ को महामारी न्यूनीकरणका लागि निर्मित एवं निर्माणाधीन होल्डिङ सेन्टर तथा हेल्थ डेक्सहरुको संरक्षण र उचित व्यवस्थापनको लागि कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीसीसँग समन्वय गरी संरचनाहरू जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्थापन तथा सञ्चालन हुनेगरी कार्यविधि तर्जुमा गर्ने भएको हो ।

उक्त कार्यविधि स्वीकृतका लागि स्वास्थ्य मन्त्रालयले १ महिना भित्र मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस