कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ ।

नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो ।

बञ्चरेडाँडामा फोहोर रोकिँदा यहाँ फोहोर रोकिएको छ । अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौँ । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन उपप्रमुख शाक्यको भनाई छ । 

कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरूले फोहोर उठाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस