बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ ।

फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दिलीप लामाले बताए ।

धुनवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् ।

फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

मंगलबार प्रहरीले बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस