नेपाल आइपुगे फुटबल प्रशिक्षक प्रदीप हुमागाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल आइपुगे फुटबल प्रशिक्षक प्रदीप हुमागाई


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौँ आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

बुधबारै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ । नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसैका लागि २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।

एन्फाले हुमागाईंको सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल बिरामी बिदामा आफ्नै देश कुवेतमा छन् । खेलाडी-प्रशिक्षक विवादको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा अल्मुताइरीको जवाफ आउन बाँकी रहेकाले पनि एन्फाले बंगलादेशसँगको खेलका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस