जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकियो, के भयो निष्कर्ष ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकियो, के भयो निष्कर्ष ?


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ ।

बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।

अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ ।

आजको बैठकमा केही सदस्य नआएका कारण सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको उनले बताए । बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको बिषय सांसदहरुले उठाएका थिए । बैठकमा सहभागी सदस्यहरुले कसरी काम छिटो गर्न सकिन्छ सो प्रक्रियाबाट जानुपर्नेमा जोड दिएका थिए ।

गत फागुन १ गते प्रधानन्यायाधीश राणामाथि २१ वटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । गत फागुन २२ गते महाभियोग सिफारिस समिति बनेको थियो । समितिमा ११ सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस