प्रतिनिधिसभाबाट पशु स्वास्थ्यसम्बन्धी विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाबाट पशु स्वास्थ्यसम्बन्धी विधेयक पारित


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ ।

मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।

पारित विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ र राष्ट्रिय सभाले पनि दफावार छलफल सहित पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । राष्ट्रिय सभाले पारित गरेर पठाएपछि प्रतिनिधिसभा स्वीकार गरी सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाउनेछन् ।

पारित हुनुअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पेश गरेको उक्त विधेयकको प्रतिवेदनमाथि छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस