काँग्रेसको अभिमुखीकरण आज पनि जारी, पदाधिकारीले धारणा राख्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसको अभिमुखीकरण आज पनि जारी, पदाधिकारीले धारणा राख्ने


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी छ । काँग्रेसले सोमबारबाट स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई अभिमुखीकरण दिइरहेको छ ।

काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित  अभिलेखीकरणको हिजो प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटनपछि वरिष्ठ कानुनविद् काशीराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई र प्राकृतिक स्रोत सम्बन्धी विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिएका थिए । 

आज सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम छ । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् ।

महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार-प्रसार अभियानबारे प्रशिक्षण दिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस