नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि सुरु हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि सुरु हुँदै


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम आजदेखि सुरु हुँदैछ ।

नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आउँदो भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो । संयुक्त तालिममा नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् ।

द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही तालिम छाउनी र नगरकोटमा हुनेछ । तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी नेपाल आइसेकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस