परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द, २ वर्षसम्म अनुमति पत्रका लागि दरखास्त दिन नपाउँने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द, २ वर्षसम्म अनुमति पत्रका लागि दरखास्त दिन नपाउँने


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोरा डाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्न पत्र र उत्तर पुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

यही कारण उनलाई निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको दरखास्त रद्द गर्ने र दुई वर्षसम्म निम्न माध्यामीक तहको अध्यापन अनुमति पत्रका लागि दरखास्त दिन वा प्रतिस्पर्धा गर्न रोक लगाइएको शिक्षक सेवा आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस