काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन्।
अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौँमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन्।
संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधिनताविपरीत रहेकाले मान्य नहुने पोखरेलले बताए। अब नागरिकतासम्बन्धी कानुन निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनले बताए।