स्थानीय वासिन्दाको अवरोधपछि बञ्चरेडाँडामा प्रहरी परिचालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय वासिन्दाको अवरोधपछि बञ्चरेडाँडामा प्रहरी परिचालन


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका स्थानीय वासिन्दाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस