प्रमाणको मूल्याङ्कन नगरी निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश तानिए सर्वोच्चमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रमाणको मूल्याङ्कन नगरी निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश तानिए सर्वोच्चमा


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । एक बलात्कार मुद्दामा प्रमाणको मूल्याङ्कन नगरी आरोपितलाई सफाइ दिएको आरोपमा धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई सर्वोच्च अदालतमा तानिएका छन् ।

न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् ।

धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौँको विभिन्न ठाउँमा न्यायको याचना सहित गरेको प्रदर्शनमा संलग्न निहारिका राजपूतसँग सम्बन्धित छ ।

उनले केही दिनअघि राष्ट्रपति कार्यालय शीतल निवास अगाडी आत्मदाहको प्रयास गरेकी थिइन् । घटना लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई घटना वारे सोधेकी थिइन् ।

न्यायपरिषद सचिवालयका प्रवक्ता मानबहादुर केसीले केही उजुरी परेपछि धनुषाका जिल्ला न्यायाधीश डा. भट्टराई काठमाडौँमा काजमा तानिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस