प्रदेश भेलामा जुट्यो नेसपा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रदेश भेलामा जुट्यो नेसपा


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । हालै गठन भएको नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिने भएको छ । सो पार्टीले मंगलबार सुदूरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ । 

मंगलबार बिहान १० बजे कार्यक्रम सुरु हुने प्रदेश इन्चार्ज डा जनक शाहले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित होटेल विकासको सभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तरगत राजनीतिक कार्यक्षेत्र भएका  वैकल्पिक विचारधारा बोक्ने  सम्पूर्ण नेताकार्यकर्ता तथा समर्थक शुभचिन्तकहरूलाई प्रवेश दिइने छ । 

नेसपाले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा   माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको भेटवार्तामा यस विषयमा समझदारी भएको थियो ।   

Tags :
प्रतिक्रिया दिनुहोस