रुपन्देहीमा गोली लागेर युवा घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रुपन्देहीमा गोली लागेर युवा घाइते


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्।

गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

गए राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्का भेट भएपछि उक्त समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले मोटरसाइकलमा आएको तीन जनाको समूहले उनीमाथि गोली प्रहार गरेको जानकारी दिए।

गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस