मोहन्याल गाउँपालिकाका अधिकृत छैटौँ बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोहन्याल गाउँपालिकाका अधिकृत छैटौँ बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२९ श्रावण २०७९, आइतबार


कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत छैटौँ दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका क्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्रहीसँग घसु–रिसवत माग गरी खातामा ट्रान्सफर गर्न लगाएको पुष्टि भएपछि आरोप पत्र दायर गरिएको हो ।

बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१ )बमोजिम ४४ हजार विगोदाबी सहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

क्षेत्री बिउ बिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन ३० हजार रुपैयाँसहित पक्राउ परेका थिए । क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस