काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक-२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ ।
राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक-२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ ।