धनगढीमा एक जना मृत फेला « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

धनगढीमा एक जना मृत फेला


प्रशासन संवाददाता

२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहनापुल-अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनी शनिबार राति करिब ८ बजे मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेन्द्र बहादुर बम नेतृत्वको टोली खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस