अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । विद्युतीय  व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ । 

आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरू निकालिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । 

गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त विवरणअनुसार खुद आम्दानी  २२.७४ अर्ब  युआन कायम भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ४५.१४ अर्ब युआन थियो । जसका कारण चालु आर्थिक बर्षमा आम्दानीको दर घटेको र सम्भाव्य आर्थिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अलिबाबाले सो मात्रामा कर्मचारी कटौती गर्नु परेको हो ।  

Tags :
प्रतिक्रिया दिनुहोस