नक्कली खुट्टामा लुकाइएको बम विस्फोटमा अफगान धार्मिक नेताको मृत्यु  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नक्कली खुट्टामा लुकाइएको बम विस्फोटमा अफगान धार्मिक नेताको मृत्यु 


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको ज्यान गएको छ । 

तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको हो । 

तालिवान सूत्रहरूले एकजना पुरुषले कृत्रिम प्लास्टिकको खुट्टा भित्र लुकाइएको बम विस्फोट गराउँदा उनको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।  

यस हत्याका जिम्मेवार यकिन भइसकेको छैन । तर, हक्कानीमाथि यसअघि पनि इस्लामिक स्टेट (आईएस) समूहले आक्रमण गरिसकेको छ । 

काबुलस्थित एउटा इस्लामिक पाठशालामा हक्कानी उपस्थित रहेको बेला आक्रमण गरिएको हो । हक्कानी आईएससँग आबद्ध जिहादी लडाकु समूह इस्लामिक स्टेट कोर सान प्रान्त (आईएस-के)का कट्टर विरोधी रहँदै आएका थिए । 

आईएसले तालिवान सरकारको विरोध गर्दै आइरहेको छ । एकजना वरिष्ठ तालिवान अधिकारीले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस