ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो ।

उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहनेछ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ ।

यस्तै बैठकले पार्टी उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा आठ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

समितिमा पोखरेलसहित उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा,विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र विष्णु रिमाल सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस