सत्ता गठबन्धनमा सिट बाँडफाँट : अर्को बैठक साउन ३० मा बस्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनमा सिट बाँडफाँट : अर्को बैठक साउन ३० मा बस्ने


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो ।

कार्यदलका सदस्य देव गुरुङले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउने बारे आज छलफल भएको छ ।

कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ-आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए ।

उनले मंसिर ४ गते हुने चुनावका लागि पाँच दलीय गठबन्धन कायम रहने समेत बताए। गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस