काठमाडौँका ३ क्षेत्रमा नेकपा एसको दाबी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँका ३ क्षेत्रमा नेकपा एसको दाबी


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा तालमेल हुँदा नेकपा एसले काठमाडौँका तीन वटा निर्वाचन क्षेत्रमा दाबी गर्ने भएको छ ।

काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये हाल एकीकृत समाजवादीका दुई सांसद छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल काठमाडौँ-२ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ काठमाडौँ-८ का सांसद हुन् ।

नेकपा एसका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज वसन्त मानन्धरका अनुसार उनको पार्टीले काठमाडौँ क्षेत्र नम्बर २ र ७ सँगै ८ मा दाबी गरेको छ ।

तीमध्ये कुनै एक छोड्नु पर्दा काठमाडौँ क्षेत्र नं आफूहरूको रोजाइ रहेको मानन्धर बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस