बालाजुको आगलागी नियन्त्रण यथाशक्य गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालाजुको आगलागी नियन्त्रण यथाशक्य गर्न गृहमन्त्रीको निर्देशन


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बालाजु औद्योगिक क्षेत्रभित्रको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।

थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) रबिन्द्रबहादुर धानुक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौँका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस