बझाङमा, छोरा र छोरी झुन्डिएको अवस्थामा मृत फेला  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बझाङमा, छोरा र छोरी झुन्डिएको अवस्थामा मृत फेला 


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाध्यक्ष हरिस सिंहले जानकारी दिए । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । 

गएराति मृतक  गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका जनाइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । 

Tags :
प्रतिक्रिया दिनुहोस