धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

मंगलबार राति धनगढी उपमहानगरपालिका(३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहना पुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका-१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस