वीरगञ्ज भन्सारका कर्मचारीमाथि कुटपिट गर्ने तीन जना प्रहरी जिल्लामा तानिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वीरगञ्ज भन्सारका कर्मचारीमाथि कुटपिट गर्ने तीन जना प्रहरी जिल्लामा तानिए


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालय, पर्साका कर्मचारीलाई कुटपिट गर्ने तीनजना प्रहरी जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय, इनर्वामा कार्यरत तीन जना प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएका हुन् ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा कुटपिट गर्दै गरेको देखिएका तीन जना प्रहरीलाई सोधपुछका लागि बोलाइएको हो ।

सोमबार राति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौँ भन्दै आएका व्यक्तिले वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बमबहादुर विशंखेलाई दुव्र्यहार गरेका थिए ।

सम्बन्धित समाचार : हिजाेराति वीरगञ्ज भन्सारका कर्मचारी प्रहरीबाटै कुटिए

Tags :
प्रतिक्रिया दिनुहोस