कालिकोटका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कालिकोटका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस