नेपालमा निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ : त्रिपाठी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ : त्रिपाठी


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् ।

मंगलवार (आज) प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन् ।

उनले नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरेका छन् । सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताए ।

उनले निजामती ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गरे । त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए।

उनले शासन प्रसाशनको महत्वपूर्ण ऐन,निजामती कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताए । निजामती कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत अफठ्यारो भएको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस