राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।

उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यसबारे आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराइएको हो । यस्तै नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको टेबलमा पुगे पनि कारबाही प्रक्रिया अघि बढेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस