इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको बताएको छ । त्यसक्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी छ । मन्सुर जिहादका दोश्रो तहका नेता हुन् ।

इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनबाट शुक्रबारदेखि अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाईँपछि इजरायलले अहिले सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो । यो कारबाही एक हप्तासम्म चल्ने उसले बताएको छ । २०२१ मेमा २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस