बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । 

निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । 

वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।  गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस