गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै  मृत्यु भएको छ।

आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका  अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो।

ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको गुल्मी प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस