२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा ३८ योजना निर्माण सम्पन्न

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए । गत आवमा जिल्लामा एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए ।

जिल्लामा ९० लाखको लागतमा ङावल ढलान बाटो, ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ । यस्तै २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ । ‘हालसम्म पाँच करोडबराबरको काम भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,’ प्रमुख विष्टले भने ।

मनाङमा तीन बहुवर्षीय योजना छन् । दुई मोटरेवल पुल र मुङ्जे टङ्की मनाङ सडक कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा मनाङमा १६ योजना थप भएका छन् । वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ ।