Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मनाङमा ३८ योजना निर्माण सम्पन्न


२१ श्रावण २०७९, शनिबार


मनाङ । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए । गत आवमा जिल्लामा एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए ।

जिल्लामा ९० लाखको लागतमा ङावल ढलान बाटो, ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ । यस्तै २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ । ‘हालसम्म पाँच करोडबराबरको काम भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,’ प्रमुख विष्टले भने ।

मनाङमा तीन बहुवर्षीय योजना छन् । दुई मोटरेवल पुल र मुङ्जे टङ्की मनाङ सडक कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा मनाङमा १६ योजना थप भएका छन् । वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस