निजामती कर्मचारी अस्पताल र चिकित्सकबीच सहमति, साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

निजामती कर्मचारी अस्पताल र चिकित्सकबीच सहमति, साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामती कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । 

सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन् । उनका अनुसार सहमति अनुसार चिकित्सक र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल गरिनेछ ।

डाक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए । सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी सङ्घले आफ्ना माग राखी टाँगिएको कालो ब्यानर हटाएका छन् ।

विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस