साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ ।

भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्गलादेशलाई ५-२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । 

अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एक-एक गोल गरे ।

भारतले दोस्रो पटक उपाधि जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न असफल रहेको थियो । प्रतियोगितामा भारतसहित नेपाल, बङ्गलादेश, श्रीलङ्का र मालदिभ्स सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस