२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषयगत मन्त्रालयलाई ताकेता गर्न मुख्यमन्त्रीको निर्देशन

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन दिएका छन् । उनले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गरे ।

कर्णाली प्रदेश सरकारको बिहीबार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गरे ।

उनले भने, ‘यस्तो प्रवृत्तिले प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र प्रतिफल निस्कने गरी काम गर्न मैले तपाईहरु सबैलाई भनेको छु, मेरो कुरा किन सुन्नुहुन्न ?’ मुख्यमन्त्री शाहीले अगाडि भने, ‘पैसा बुझाएर योजना पारेको भन्ने गुनासोसमेत मुख्यमन्त्री कार्यालयमा आएको छ । राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय सहकार्यबाट नै प्रदेशको विकास हुन्छ । काम गर्नेले थोरै समयमा धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदोरहेछ ।’ कानुनभन्दामाथि कोही नभएकाले गलत कामतर्फ नलाग्न मुख्यमन्त्री शाहीले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस