जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु


२० श्रावण २०७९, शुक्रबार


चितवन । पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो ।

घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस