२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेको ओरालो यात्रा कायमै

अ+ अ-

काठमाडौँ । धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ ।

यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष सुन्ना दशमलव १३ अङ्कले उकालो लाग्दा बैङ्किङ २२ दशमलव १६, व्यापार ६२ दशमलव ६५, होटेल तथा पर्यटन २५ दशमलव ७३, विकास बैङ्क ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बिमा ९५दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य नौ दशमलव १६, लघुवित्त ११६ दशमलव१७, जीवन बिमा ११९ दशमलव ९९ र लगानी एक दशमलव पाँच अङ्कले ओरालो लागेको छ ।

शुक्रवारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो । यस्तै नबिल बैङ्क १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी नौ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी पाँच करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको पाँच करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव १४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाए ।

त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुह्येश्वरी मर्चेन्ट बैङ्क छ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर छ दशमलव ३७, सामलिङ पावर कम्पनी पाँच दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस