साइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

साइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु


२० श्रावण २०७९, शुक्रबार


मोरङ । विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो।

ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे उनलाइ ठक्कर दिएको थियो।

दुर्घटनापछि साइकलयात्री फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस