चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । ५ दलीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरू आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । 

शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । 

उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुङ्ग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को-को बस्ने भन्ने दलहरूले आन्तरिक छलफल गरेर टुङ्ग्याउने भएका छन् ।

बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ । बैठकका निर्णयहरू विज्ञप्तिमार्फत सार्वजनिक गर्ने नेता भुसालले जानकारी दिए ।

विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस