प्रहरीमा राजीनामा दिनेको संख्या घट्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरीमा राजीनामा दिनेको संख्या घट्यो


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीमा राजीनामा दिनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७८-७९ मा चार सय ९८ जनाले राजीनामा दिएका छन् । दुई–तीन वर्षअघि वार्षिक दुई हजारभन्दा धेरै प्रहरीले राजीनामा दिने गरेका थिए ।

आर्थिक वर्ष ०७७-७८ मा सात सय तीन तथा ०७६-७७ मा दुई हजार ७७ प्रहरीले राजीनामा दिएका थिए । 

तल्लो तहमा तीनवटा नयाँ दरबन्दी थपेर छिटो बढुवा गर्न थालिएको तथा नियमित बिदालगायत समस्या हल गरिएकाले पनि राजीनामा दिनेको संख्या घटेको प्रहरी अधिकारीले  बताएका छन् । धेरैजसो प्रहरी राजीनामा दिएर विदेश जाने गरेका छन् ।

कोरोना महामारीको समयमा विदेश जाने अवसर कम भएकाले पनि कतिपयले राजीनामा नदिएको बताइएको छ । 

प्रहरीमा पेन्सन अवधि पुगे लगत्तै राजीनामा दिने प्रवृत्ति छ । हाल २० वर्षमा पेन्सन अवधि पुग्छ । त्यसलाई १६ वर्ष बनाउन तल्लो तहका प्रहरीले आग्रह गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयले यससम्बन्धी प्रस्ताव अघि बढाए पनि त्यो पारित हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस