तुलसीपुर उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम तयार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तुलसीपुर उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम तयार


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। पाठ्यक्रम कक्षा ६ र ८ बाहेक अन्य कक्षामा यसै वर्षदेखि नै कार्यान्वयनमा आउने उपमहानगरले जनाएको छ। 

स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका लागि तयार पारिएको हो। पाठ्यक्रम २०७८ पौष महिना देखि सुरु गरिएको थियो।

पाठ्यक्रममा कक्षा १ देखि ५  सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको उपमहानगरले जनाएको छ । 

त्यस्तै  ६, ७ र ८ मा  यी विषय वस्तुसहितको व्यवहारिक लेखनलाई समेत समेटिएको छ।  पाठ्यक्रम भित्र सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषय वस्तुहरूलाई समेटिएको छ।

यसैबीच स्थानीय पाठ्यक्रमको बिहीबार सार्वजनिक गरिएको छ। पाठ्यक्रम सार्वजनिक गर्दै उपमहानगरका मेयर टीकाराम खड्काले  तत्कालै विद्यालयमा पाठ्यक्रम पुर्‍याइने बताए। उनले पाठ्यपुस्तकका रूपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने बताए।

उनले तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस