कार्यकक्षबाटै ३० हजार घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार्यकक्षबाटै ३० हजार घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत


१८ श्रावण २०७९, बुधबार


पक्राउ

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् ।

अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

मंगलबारमात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २२ लाख घुससहित पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस