बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको अख्तियार स्रोतले बताएको छ । ।

‘अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रम चलिरहेको छ । प्रमुख सचिवसहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचारमुद्दा दायर हुनेछ,’ अख्तियार स्रोतले भन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस