राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।

विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस